Connect with us
Kapilvast Forest

चिनियाँ राष्ट्रपतिलाई इलामको चिया

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

इलाम । नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले इलामको चिया पिउनु भएको छ । इलाम नगरपालिकाका मेयरको पहलले राष्ट्रपति सीलाई इलामको चिया पिउने वातावरण बनेको हो।

इलाम नगरपालिकाका मेयर महेश बस्नेतको महलमा पूर्व सभामुख सुभासचन्द्र नेमवाङमार्फत चिया पिउने वातावरण मिलेको बताइएको छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद नेम्वाङले संसदबाटै पहल गरेर होटल सोल्टीको मेनुमा इलामको चिया राख्न लगाएको र राष्ट्रपति सीलाई चिया पिउने वातावरण बनाइएको मेयर बस्नेतको भनाइ छ ।

चिनियाँ राष्ट्रपतिलाई इलामको चिया पिउन र उनले आफूले इलामको चिया पिएको भन्ने बनाउनुको उद्देश्य चीन र इलामको चियाको ऐतिहासिक सम्बन्धलाई सम्झाउनु रहेको बस्नेतले बताउनुभयो ।

नेपालमा पहिलो पटक इलामबाट चियाखेती शुरुवात भएको र यो चिया इलाममा पनि पहिलो पटक चीनबाट भित्रिएको हुँदा त्यसको स्मरणसँगै आगामी दिनमा सम्बन्ध प्रगाढ बनाउँदै लानका लागि सीलाई चिया खुवाउने पहल गरिएको हो ।

विक्रम संवत् १९२२ मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर इलाममा रोपिएकोे इतिहास छ । तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा इलामको चिया बगान र चिया कारखानाको स्थापना भएको थियो । त्यसअघि १८४९ मा भएको बेत्रावती सन्धिदेखि चिनियाँ सम्राटले नेपालमा तत्कालिन राजालाई उपहार पठाउने चलन रहेको र त्यही क्रममा चीनमा उत्पत्ति भएको चिया उपहारकै क्रममा नेपाल भित्रिएको हो । डेढ सताब्दी अघिदेखिका तीनै चियाका बुटाबाट इलाममा अहिले पनि चियापत्ती उत्पादन भइरहेको छ।

जानकारका अनुसार चीनबाट ल्याएर यहाँ रोपण भएको जातको चिया चीनमै पनि लोप भइसकेका कारण यसको अधययन र अनुसन्धानसहित संरक्षण गर्नु जरुरी रहेको छ । त्यसका लागि चीन र त्यहाँका राष्ट्र प्रमुखलाई समेत सम्झाउन सी नेपाल आउँदा यो चिया चखाइएको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu