Connect with us
Kapilvast Forest

तमु ल्होछार र पुस १५ मनाइँदै

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं । मुलुकभर आज तमु ल्होछार र चिच्चर खाने पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते नयाँ वर्षको स्वागतमा यो पर्व मनाइन्छ । तिब्बती ज्योतिषीय गणनाअनुसार आजदेखि मृग वर्ष पूरा भई मुसा वर्षको थालनी भएको खुशियालीमा तमु ल्होसार मनाइँदैछ । तिब्बती संस्कृतिमा यस वर्षको प्रतीक चिन्हलाई वर्षका देवताका रुपमा सम्मान गरी पूजाआजा गरिन्छ ।

तमु ल्होसारको अवसरमा गुरुङ समुदायका सदस्य आफ्ना इष्टदेवका साथै वर्ष चिन्हको समेत पूजाआजा गरी यो पर्व मनाउँछन् । यस दिन गुरुङ जातिको परम्परागत भेषभूषा,आभूषण लगाई खुला चौर र चोकमा भेला भई आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै तमु ल्होछारये अशिमलाँ भन्ने चलन छ । यो पर्वमा गुरुङ जातिको परम्परागत खानपानका साथै नाचगान गरी खुशियाली मनाइन्छ ।

मुख्य गरी गण्डकी प्रदेश र हिमालमुनिका पहाड पर्वतका वस्तीमा बसोवास गर्ने गुरुङ समुदायले मनाउने यो पर्व आजभोलि देशैभर उत्साहपूर्वक मनाउन थालिएको छ । बागलुङ,कुस्मा,पोखरा,बुटवल,नारायणघाट,धरान, काठमाडौलगायतका शहर बजारमा तमु ल्होछारको मेला नै लाग्ने गरेको छ । यस अवसरमा मंगलबार काठमाडौको टुँडिखेलमा विशेष मेलाको आयोजना गरिएको छ । तमु ल्होछारका अवसरमा गुरुङ समुदायको अधिक वसोवास रहेको गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

नेपाली समाजमा पुस १५ लाई सबैभन्दा छोटो दिन मानेर जाडोबाट जोगिन घिउ राखी पकाएको चाम्रेखानामा शख्खर राखी चिच्चर खाने चलन छ । यसै दिन सहसमृद्धिको कामना गरी घरघरमा नारायणपूजा गर्नुका साथै इष्टदेवको पूजाआजा गर्ने पनि परम्परा छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu