Connect with us
Kapilvast Forest

एक ट्रक अबैध गाईगोरु सहीत २ जना पक्राउ

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु –अबैधरुपमा भित्राइएका गाईगौरुको ट्रक सहीत ३ जना पक्राउ परेका छन । कपिलवस्तु नगरपालिका– ६ गोबरीमा ना.६ख. ५७१२ नंम्बरको ट्रकमा चेकजा गर्नेक्रममा ३० वटा गाईगारुहरु अबैधरुपमा लोड गरी पुर्वी जिल्लामा लैजानेक्रममा प्रहरीले सो फेला पारेका हो

। ट्रकलाई रोक्न खोज्दा भागेकोले पिछा गरी रोकेर चेकजा गर्दा अबैधरुपमा राखिएको अवस्थामा गाईगोरुहरु फेला परेको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताउनु भयो ।

भेटेनरी लगायतका कुनै पनि कागजात साथमा नबोकेको र उक्त गोरु भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको थियो । घटनामा ट्रक चालक ट्रकका चालक जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका नं.१४ बस्ने बर्ष ३१ को लक्ष्मण दमाई २१ को सुदिप भट्टराई (सहचालक )ऐ.गढिमाई गा.पा.वडा नं.३ बस्ने बर्ष २० को बिशाल स्याङताङलाई समेत पक्राउ गरिएको भन्डारशीले बताउनु भयो ।

ट्रक र गाईगोरु गरी २१ लाख मुल्यांकन गरी तथा पक्राउ परेका चालक सह चालकलाई आवश्यक कारबाहीकालागि कृष्णनगर भन्सार चलान गरिएको भन्डारीले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu