Connect with us
Kapilvast Forest

अक्सिजनको व्यवस्था गर्नेतर्फ लाग्नुहोस्स् प्रधानमन्त्रीज्यू :गगन थापा (भिडियो )

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं,-नेपाली कांग्रेसका नेता गगन थापाले अरू सबै कुरा छाडेर अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ ।
अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उहाँहरूका आफन्तले दुस्ख पाएको उल्लेख गर्दै थापाले अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ ।

मंगलबार एक भिडिओ जारी गर्दै थापाले आफूलाई अक्सिजनको व्यवस्थापनका लागि र शय्या खोजिदिन आग्रह गर्दै बिरामीका आफन्तहरूले बारम्बार फोन गरिरहेको तथा संक्रमितहरू दिनप्रतिदिन वृद्धि भइरहेकोले अक्सिजनलगायत व्यवस्थापन गर्न थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो ।उहाँ जनताको जीवन जोगाउन तत्काल पहल गर्न अनुरोधसमेत गर्नु भएको छ ।

‘प्रधानमन्त्रीज्यू, अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु,’ थापाले भन्नु भएको छ ।

 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu