Connect with us
Kapilvast Forest

दार्चुलामा पहिरोले पुरिएर महिला बेपत्ता, एक जना घाइते

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

pahiro file ncn

धनगढी – दार्चुलामा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–३ तुसारपानीमा बिहीबार बिहान पहिरोमा पुरिएर व्यास–२ की ५५ वर्षीया बेलु बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर ५० वर्षीया जइमती बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले बताउनुभयो ।

 

व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा तुसारपानीमा माथिबाट खसेको पहिरोले जइमतीको दाहिने खुट्टामा चोट लागेको छ । बेपत्ता बेलुको खोजीका लागि प्रहरी चौकी सुनसेरा र नेपाली सेनाको टोली परिचालन भएको भट्टले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu