Connect with us
Happy Dashain
Kapilvast Forest

मुगु बस दुर्घटना:मृतकको सङ्ख्या २८ पुग्यो, घाइतेलाई नेपालगञ्ज लगियो

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

accident

सुर्खेत -मुगुमा बस दुर्घटना मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो । घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

 

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ । उनीहरुको सनाखत गरेपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,