Connect with us
Kapilvast Forest

नेपाली काँग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

 

जाजरकोट-नेपाली काँग्रेस जाजरकोटले जिल्ला सभापतिको टुङ्गो लगाइसकेको छ । यसअघि कर्णालीका १० जिल्लामध्ये कालिकोटमा मात्र जिल्ला सभापति सर्वसम्मत चयन गरिएको थियो भने जाजरकोटमा पनि सर्वसम्मत सभापति चयन गरिएको छ ।

जाजरकोटमा वेदराज सिंह सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित हुनु भएको छ । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । यस्तै जिल्ला उपसभापति खड्क विसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित हुनु भएको छ ।

 

सह–सचिवमा खडक विसी (पजारु) र छवि पन्त चयन हुनु भएको छ । यसअघि कालिकोटमा अमरबहादुर शाही सभापतिमा सर्वसम्मत निर्वाचित हुनु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu