Connect with us
Kapilvast Forest

घरघरमा एमालेको निम्तो

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

कावासोती – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न नवलपुर जिल्लाका वडा वडाका घरघरपुगी निमन्त्रणा पत्र पठाइएको छ।

एमाले नवलपुरले जिल्ला भित्रका ८ वटै पालिका भित्रका वडाहरुमा वडा कमिटि मार्फत प्रत्येक घरमा पु¥याउने गरी निमन्त्रणापत्र अभियानकै रुपमा पठाउन थालेको हो।

दशौँ महाधिवेशन नवलपुर प्रचार प्रसार सहयोग समितिका संयोजक यमुनाथ आचार्यका अनुसार ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९२ वटै वडा निमन्त्रण पत्र पठाउने गरी आज कावासोती नगरपालिका वडा नं। ३ बाट अभियान शुरु गरीएको बताउनु भयो।

अभियान शुभराम्भ नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज तथा संधिय सासद तिलक महत क्षेत्रीले गर्नुभएको कावासोती नगर पालिका वडा नं। ३ का वडा कमिटि अध्यक्ष डोरमान गिरीले जानकारी दिनु भयो ।

वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले बताउनु भयो ।निमन्त्रणा पत्र एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तक लगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले)दशौं महाधिवेशन प्रचार प्रसार सह संयोजक सागर पोख्रेलले बताउनु भयो । एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu