Connect with us
Kapilvast Forest

ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं-कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उहाँहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भयो । गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । प्रवक्ता डा। पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बसिरहेको जानकारी दिनु भयो ।आजको गोरखापत्र दैनिकबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu