Connect with us
Kapilvast Forest

टुहरा बालबालिका र बिपन्न परिवारलाई न्यानो कपडा

२०७८, २१ पुष बुधबारमा प्रकाशित

कपिलवस्तु -टुहरा बालबालिका र बिपन्नलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बनकटवामा न्यानो कपडा बाडिएको छ । हिउमन अपील अस्ट्रेलियाको सहयोगमा ईस्लामी संघ नेपाल कपिलवस्तुले ८० टहुरा बालबालिका र ५० जा बिपन्न परिवारलाई न्यानो कपडा बाडेको हो । टहुारा बालबालिकालाई ज्याकेट, टोपी र मोेजा हस्तान्तरण गरिएको थियो ।

यस्तै गरिब, असहाय, एकल महिला गरी ८० जना बिपन्नलाइृ ब्ल्याङ्केट उपलब्ध गराइएको थियो । कार्य वाहक वडा अध्यक्ष नाजुल लईन र संघका अध्यक्ष ताहिर महमुदले उनीहरुलाई न्यानो कपडा हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष महमुदले शीत लहरका बेला जीवनयापनामा सहजताकालागि टुहरा बालबालिका र बिपन्न परिवारलाई न्यानो कपडा बाडेको बताउनु भयो ।

‘ गरिब बिपन्न परिवार र टुहुरा बालबालिकाहरु जाडोले गर्दा समस्यामा परेका छन, हामीले सामाजिक उत्तरदायित्व बोेध गरेर यो कार्यक्रम गरेका हौ ’ उहाँले भने । आफुहरुले गरिब र बिपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।

कार्य वाहक वडाअध्यक्ष लईनले शीत लहरको बेला टुहरा बालबालिका र बिपन्न परिवारलाई न्यानो कपडा बाडेर पुन्यको काम गरेको बताउनु भयो । उहाँले संस्थाकोे यो काम आफैमा नमुना यौग्य भएको बताउनु भयो । जाडो बढीरहेको बेला न्यानो कपडा पाए पछि टुहरा बालबालिका र बिपन्न परिवार हर्षित भएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu