Connect with us
Kapilvast Forest

विश्वमा एकै दिन थपिए साढे १९ हजार कोरोना संक्रमित

२०७८, ३ माघ सोमबारमा प्रकाशित

एजेन्सी-पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, भारतमा २ लाख ५७ हजार र इटलीमा १ लाख ४९ हजार रहेका छन्।

यस्तै‚ सोही अवधिमा अस्ट्रेलियामा ८६ हजार, बेलायतमा ७० हजार, अर्जेन्टिनामा ६५ हजार, टर्कीमा ५४ हजार र मेक्सिकोमा ४७ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो अवधिमा विश्वभर झण्डै ४ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमध्ये रसियामा ६८६, भारतमा ३८८, अमेरिकामा ३२२, इटलीमा २४८ र मेक्सिकोमा २२७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हालसम्म विश्वभर कोरोनाबाट ५५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यस्तै‚ विश्वमा ५ करोड ५६ लाखभन्दा बढी सक्रिय संक्रमित छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu