Connect with us
Kapilvast Forest

यी हुन् अटेरी सिअहेव, जो मान्दैन्न सरकारको आदेश

२०७८, १७ माघ सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिकामा कार्यरत दुई सिअहेव स्थानिय सरकारको निर्णय मान्न अटेरी गरेको पाइएको छ । शिवराज नगरपालिका वडा नं १ शिवपुर स्वास्थ्य चौकीमा कार्यरत सि अहेव अधिकृत छैठौँ लेखनाथ पौडेल र शिवराज ९ शिवगढी स्वास्थ्य चौकीका सि अहेव अधिकृत छैठौ विरेन्द्र कुमार मिश्राले शिवराज नगरपालिकाको आदेशलाई वेवास्ता गर्दै आएका छन ।

शिवराज नगरपालिकाले मिति २०७८ बैशाख २६ गते पत्र काटेर शिवपुर स्वास्थ्य चौकीमा कार्यरत सि अहेव अधिकृत छैठौँ लेखनाथ पौडेललाई शिवराज ९ शिवगढी स्वास्थ्य चौकीमा जानको लागि आदेश दिएको थियो ।

त्यस्तै शिवराज ९ शिवगढी स्वास्थ्य चौकीका सि अहेव अधिकृत छैठौ विरेन्द्र कुमार मिश्रलाई शिवपुर स्वास्थ्य चौकीमा जानका लागि पत्र काटेको थियो ।

तर दुबै जना पालिकाको आदेशलाई वेवास्ता गर्दै अहिलेसम्म आफुहरु कार्यरत रहेको स्वास्थ्य चौकीमा बस्दै आएका छन । पालिकाले पटक पटक खटाएको चौकीमा जानका लागि भने पनि दुवै जना अटेरीगरी सबेको पाइएको छ ।

शिवराज वडा नं १ कार्यालयले मिति २०७८ बैशाख २७ गते नै शिवपुर स्वास्थ्य चौकीमा कार्यरत सि अहेव अधिकृत छैठौँ लेखनाथ पौडेलको काम सन्तोषजनक भएको भन्दै अन्यत्र पठाउन नसकिने भन्दै पालिकालाई पत्र काटेको थियो ।शिवराज नगरपालिकाबाट आएको पत्रको कार्यन्वयन हुनु पर्ने हो तर वडाले नै उल्टै पालिकालाई पत्र पठाएको हो ।

शिवराज ९ शिवगढी वडा कार्यालयले भने शिवपुर स्वास्थ्य चौकीका सि अहेव अधिकृत छैठौ लेखनाथ पौडेल शिवगढी हाजिर भएपछी मात्र विरेन्द्र कुमार मिश्रालाई शिवगढीबाट रमाना दिने बुझीएको छ ।

तर शिवपुर स्वास्थ्य चौकीमा कार्यरत सि अहेव अधिकृत छैठौँ लेखनाथ पौडेललाई १ नं वडा कार्यालयले रमान दिने कुनै छाटकाट देखीएको छैन ।

यता शिवराज नगरपालिका नगर कार्यपालिकाले पालिको निर्णय तथा आदेश नमान्ने शिवपुर स्वास्थ्य चौकीमा कार्यरत लेखनाथ पौडेल र शिवगढी स्वास्थ्य चौकीका विरेन्द्र कुमार मिश्राको तलब रोक्का गर्ने जनाएको छ । नगरपालिकाले तोकेको स्थानमा जनाका लागिे पटक पटक अनुरोध गर्दा पनि नगएकोले सेवा सुविधा रोक्ने शिवराज नगरपालिकाले जनाएको छ ।शिवराज नगरपालिकाको कार्यालय

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu