Connect with us
Kapilvast Forest

वडाध्यक्षसहित माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश 

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

 

भोजपुर- नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षसहित ट्याम्के मैयुम गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण वडा कमिटी नै एमालेमा प्रबेश गरेका छन् ।

आज आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष तथा माआवादीका जिल्ला सचिवालय सदस्य सुर्य नेपालसहित वडा कमिटीका सम्पूर्ण सदस्य एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले जिल्ला इन्चार्ज हरिवहादुर राई, जिल्ला अध्यक्ष शरण राई, गाउँपालिका अध्यक्ष धुर्वराज राई लगायतका नेताले स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्नेमा वडाध्यक्ष नेपालसहित माओवादीका जिल्ला कमिटी सदस्य तथा निर्वाचित वडा सदस्य भगवान गिरी,टेकवहादुर सार्की,हेमराज राई लगायत सय भन्दा बढी एमालेमा प्रवेश गरेको जनाइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu