Connect with us
Kapilvast Forest

नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन : योगेश भट्टराई

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं -सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले सपना र गन्तव्यविहीनको संज्ञा दिएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नीति तथा कार्यक्रममा जनतालाई आशा जगाउन नसक्ने बताए ।

‘नीति तथा कार्यक्रम परम्परागत छ,’ उनले भने, ‘यसमा कुनै नयाँ कुरा, नयाँ सपना र यसमा देशवासीलाई र सिंगो मुलुकलाई अपिल कार्यक्रममा छैन । र, यसले कुनै उत्साह पनि दिएको छैन । यो सपनाविहीन, गन्तव्यविहीन छ ।’

 

भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने टिप्पणी गरे । उनले भने, ‘मुलुकमा ठूलो आर्थिक संकट छ, आउने बर्ष डरलाग्दो आर्थिक संकट सामना गनुपर्ने छ । यो सरकार जति समय बस्छ, त्यति समय मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu