Connect with us
Kapilvast Forest

१७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिलाई एकीकृत समाजवादीको निर्देशन

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिलाई १७ जेठभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । महासचिव डा. बेदुराम भुसालले वक्तव्य जारी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

‘तपाईंहरुलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधैं इमान्दार रहनु होला । जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नु होला’, वक्तव्यमा उल्लेख छ । निर्वाचनको बेला गरेको प्रतिबद्धता र ऐन तथा कानूनहरुको परिधिमा रहेर काम गर्न पनि जनप्रतिनिधिहरुलाई एकीकृत समाजवादीले निर्देशन दिएको छ ।भ्रष्टाचारबाट मुक्त रहँदै सादा जीवनशैली र असल आचरण देखाउन पनि निर्देशन दिइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu