Connect with us
Kapilvast Forest

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०७९, १२ जेष्ठ बिहीबारमा प्रकाशित

accident

 

सुर्खेत– दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था भने गम्भीर रहेको छ ।

बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन । यद्यपि बस दुर्घटनाको कारण खुलिसकेको छैन ।दुर्घटनामा घाइते भएकालाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस ५० मिटर तल खसेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu