Connect with us
Kapilvast Forest

कपिलबस्तुका आमाहरुलाई आँखा उपचार तालिम

२०७९, ५ असार आईतवारमा प्रकाशित

कपिलबस्तु- नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ,नर्बे (एन.ए.बी.पी.,नर्बे) को आर्थिक सहयोगमा आमा समूहको लागि एक दिने प्राथमिक आँखा उपचार तालिम शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ ।

शिवराज नगरपालिका वडा नं.१,२ र ५ का आमा समूहका २४ सहभागीहरुलाई प्राथमिक आँखा उपचार तालिम दिइएको हो । तालिमको सिलसिलामा अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले विश्वमा हरेक पाँच सेकेण्डमा एक जना दृष्टिविहीन हुने गरेको र नेपालमा हरेक एक मिनेटमा एक जना बालक दृष्टिविहीन हुने गरेको बताउनु भयो ।

साथै उहाँले यदि समयमै उपचाार पाएको खण्डमा ती मध्ये ८० प्रतिशतले पुनः दृष्टि पाउन सक्ने यसमा सबैको चासो र चिन्ता हुने पर्नेमा उहाँले जोड दिनु भयो ।

तालिमका प्रशिक्षक समेत रहेका चन्दले आमा समूहका सहभागीहरुलाई आँखाका प्रमुख भागहरु,स्वस्थ आँखामा हुनु पर्ने लक्षणहरु,आँखामा लाग्ने प्रमुख रोगहरु र तिनको उचार पद्धति,आँखा स्वस्थ र तेजिलो बनाई राख्ने उपायहरुको बारेमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।


तालिम कार्यक्रममा सहभागीहरुको तर्फबाट शिवराज नगरपालिका वडा नं. १ का शिवकला खड्का,२ का निर्मा थारु र ३ का पबित्रा बेल्बासे ले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा तालिमका अन्य सहभागीहरुले तालिममा सिकेको कुरालाई समुदायमा गई लागु गर्ने र आँखा को औषधो उपचारको लागि बिरामीहरुलाई आँखा अस्पतालसम्म पठाउनमा आपूmहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गर्नु भएको थियो । तालिम कार्यक्रमा अस्पतालका प्रशासकीय सहायक कमल चौधरी,लेखापाल जेनिशा थापा लगाएतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu