Connect with us
Kapilvast Forest

परिवार नियोजन संघले नेपालमा पहिलोपटक ‘हर्माेनल क्लिनिक’ सञ्चालनमा ल्याउँदै

२०७९, ५ असार आईतवारमा प्रकाशित

काठमाडौं- यौनिक तथा लैंगिकअल्पसंख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्माेनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक भन्नाले समलिंगी महिला, समलिंगी पुरुष, द्विलिंगी, पारालिंगी, अन्तर्लिंगी र क्वेयर आदि पर्दछन् ।

यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल परिवार नियोजन संघले नेपालमा पहिलोपटक आगामी साउनदेखि निःशुल्करूपमा सो सेवा सुरुआत गर्न लागेको हो । दक्षिण एशियामा गैरसरकारी संस्थाबाट ‘हर्माेनल क्लिनिक’ सञ्चालन गर्ने संघ पहिलो संस्था हुने बताइएको छ ।

संघका व्यवस्थापक डा. नरेशप्रताप केसीले विशेषगरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि ‘हर्माेनल क्लिनिक’ सेवा सञ्चालनका लागि अन्तिम तयारी भइरहेको र आगामी साउनदेखि सेवा सुरुआत हुने जानकारी दिए ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो क्लिनिकल सेवाभित्र के–कस्ता सेवालाई समावेश गर्ने भन्ने आन्तरिक तयारी तथा आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापन भइरहेको संघले जनाएको छ । डा. केसीले भने, ‘यसबाट विशेषगरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्छ । पुरुषलाई महिला, महिलालाई पुरुषजस्तो लाग्छ सक्छ वास्तवमा के हो ? पुरुषलाई महिला र महिलालाई पुरुष बन्ने चाहना भएमा सोहीअनुसारको हार्माेन परिवर्तनको क्लिनिकमा हुन्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu