Connect with us
Kapilvast Forest

मस्कोद्वारा दक्षिणी युक्रेनमा अत्याधिक सेना तैनाथ

२०७९, १२ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं- केही महिनादेखि युक्रेनका विभिन्न भागमा भीषण हमला गर्दै आएको रुसले कब्जामा लिएका खेर्सान र जापोरिजिया क्षेत्रमा अत्याधिक मात्रामा सेना तैनाथ गरेको छ ।
किभका सल्लाहकार ओलेक्सि आरेस्टोभिचका अनुसार यस्तो क्रियाकलापले सैन्य रणनीतिमा रुसी रणनीति परिवर्तन भएको अल जजिराले उल्लेख गरेको छ ।

रुसले युक्रेनबाट कब्जा गरेर बनाएको राष्ट्र जनवादी गणतन्त्र डोनेत्स्कका नेता डेनिस पुसिलिनले आफूहरूले रुसले कियभ, खार्किभ ओडिसा , चेरनिभ लगायतका युक्रेनी सहरहरू कब्जा गरेको हेर्न चाहेको जानकारी गरेको छ ।

युक्रेनी राष्टपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाको कब्जामा गएको खेर्सान क्षेत्र जोड्ने मुख्य पुललाई पुनःनिर्माण गर्ने बताउनुभएको छ ।रुसी कब्जामा रहेको डोनेत्स्क अधिकारीका अनुसार सो पुलबाट युक्रेनले अमेरिकामा निर्माण गरेको उच्च प्रविधियुक्त रकेट प्रणाली खेर्सानमा ल्याएको भन्दै ध्वस्त बनाएको थियो ।

पुलमा आक्रमण भएपछि सो पुललाई बन्द गरिएको थियो । पुललाई ध्वस्त बनाएपछि कब्जामा राखेको खेर्सानलगायत डोनेत्स्क क्षेत्रमा युक्रेनी सेनाको प्रत्याक्रमणबाट मुक्त गर्नसक्ने बताइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu