Connect with us
Kapilvast Forest

खेलाडीलाई शिवराजले बेवास्ता गरेको आरोप

२०७९, २७ आश्विन बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- गण्डकी प्रदेशको पोखरामा भोलीबाट सुरु हुदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धी खेलाडीहरुलाई स्थानिय सरकारले वेवास्ता गरेको छ ।

लुम्बिनी प्रदेशको नेतृत्व गर्दै कराते प्रतियोगितामा छनौट भएका कपिलवस्तुको शिवराज नगरपालिकाका चार जना कराते खेलाडीहरुलाई शिवराज नगरपालिकाले वेवास्ता गरेको खेलाडीहरुले आरोप लगाएका छन । राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट भएका खेलाडीहरुलाई नगरपालिकाले शुभकामना दिन समेत कन्जुस्याई गरेको छ ।

खेलाडीलाई प्रहोत्साहन गर्ने नगर प्रमुखको चुनावी नारा नारामा मात्रै सिमित भएको कराते खेलाडीहरुले आरोप लगाएका छन । कराते बाट प्रदेशको प्रतिनिधित्व गर्दै शिबराज नगरपालिका का चार जना खेलाडीहरु पोखरा जाँदैछन । खेलाडीहरु खुम बहादुर खम्सा मगर , ताजेन्द्र घर्ती मगर, रबिन्द्र सुनार, नेहा लोहार प्रतिस्पर्धा गर्न गएको काराते प्रशिक्षक रामु सुनारले बताउनुभयो ।

आर्थिक अभाव , स्थानिय तहले समेत बेवास्ता गरेपछी खेलाडी पिडित भएका छन । प्रदेश बाट सिफारिस भए पनि प्रदेशले बेवास्ता गरेको, नगर र जिल्ला कै पहिचान गराउने खेलाडीहरुलाइ स्थानीय तह र प्रदेशले बेवास्ता गर्दा खेलमा सहाभागी हुन जान समेत गाह्रो भएको प्रशिक्षक सुनाले जानकारी दिनुभयो ।

नगरले खेलकुद विकासका लागी मनग्गे बजेट विनियोजन गरेको भए पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि प्रतिपस्र्धीका लागी कुनै सहयोग र प्रोतसाहन भने गर्न सकेन ।

प्रदेशस्तरीय प्रतियोगिता बाट राष्ट्रिय खेलकुद प्रतिपस्र्धामा छानिएका खेलाडीहरुले सिगों जिल्ला संगै नगरको समेत पहिचानलाई देश व्यापी बनाएका हन्छन तर स्थानिय तहको विभिन्न तहको नेतृत्व गर्ने जनप्रतिनिधीहरुले भने खेलाडीलाई बेवास्ता गर्दा खेलाडीको मनोबल कम्जोर भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu