Connect with us
Kapilvast Forest

फिफा विश्वकप फुटबल-२०२२ : पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिडदै

२०७९, २७ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ।

साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu