Connect with us
Kapilvast Forest

विश्वकपमा सबैभन्दा बढी गोल गर्ने अर्जेन्टिनी खेलाडी बने मेसी

२०७९, २८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं – अर्जेन्टिनाका कप्तान लिओनेल मेसी फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन्। मेसीले जारी कतार विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुटको दाबेदार समेत बनेका छन्।

मेसीले जारी विश्वकपमा क्रोएसियाविरूद्ध १ गोल गर्दै समग्र विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्।
मेसीले गएरातिको गोलसँगै ग्याब्रिएल बाटिस्टुटाले बनाएको १० गोलको कीर्तिमान तोडेका हुन्। अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले विश्वकपमा समान ८-८ गोल गरेका छन् ।
यता, विश्वकपमा सर्वाधिक गोलकर्ता सूचिमा फ्रान्सका केलियन एमबाप्पेसँग समान ५ गोल गरेका छन्। यस्तै उनले सर्वाधिक ३ असिस्टसमेत गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu