Connect with us
Kapilvast Forest

क्रोएसियामाथि शानदार जितसहित अर्जेन्टिना फाइनलमा

२०७९, २८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं – कतारमा जारी फुटबल विश्वकपको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३ ० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

खेलको ७१औं मिनेटमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट पासमा जर्सी नंं ९ का जुलियान अल्भारेजले सुन्दर गोल गरेपछि अर्जेन्टिनाले तेस्रो गोल गर्यो ।

यसअघि क्रोएसियाली खेलाडीले गल्ती गरेपछि खेलको ३४ औं मिनेटमा अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई १ गोलको अग्रता दिलाएका थिए । पहिलो गोलको पाँच मिनेट नवित्दै खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै आफ्नो टिमको अग्रतालाई दोब्बर पार्न सफल भएका थिए ।

अर्जेन्टिना यसअघि सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो ।

आजको खेलमा गरेको गोलसहित मेस्सीले कुनै पनि अर्जेन्टिनी खेलाडीको रेकर्ड तोड्दै विश्वकपमा ११ गोल पुर्याएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu