Connect with us
Kapilvast Forest

नेपालका तीन खेलाडीले मोई थाई विश्च च्याम्पियनसिप खेल्दै

२०७९, १६ माघ सोमबारमा प्रकाशित

काठमाडौं- थाइल्यान्डमा फेब्रुअरी २ देखि ६ तारिखसम्म आयोजना हुने डब्लुबीसी मोई थाईको विश्व च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको छ ।

नेपालबाट ३१ केजी तौल समूहमा १३ वर्षीय गेन्जी राई ५३ केजीमा लालबहादुर तामाङ र ६३ केजीमा डिग विजय सिंह राठोरले प्रतिस्पर्धा गर्नुहुनेछ । नेपाली टोलीको अफिसियलमा राजु राई र पुरन रोकाया हुनुहुन्छ ।

टोलीलाई बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी उपप्रमुख अनिता लामा डब्लुबीसी मोइ थाई नेपालका महासचिव दीपक तामाङलगायतले विदाइ गर्नुभयो । नेपाली टोली सोमबारनै थाइल्यान्ड प्रस्थान गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu