Connect with us
Kapilvast Forest

स्वास्थ्यमा कुनै सम्झौता गर्नु हुँदैन : राज्यमन्त्री कार्की

२०७९, १७ माघ मंगलवारमा प्रकाशित

काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधि बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको जानकारी दिइन् ।

मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साे धारणा राख्नुभएकाे हाे । उहाँले बजारमा आउनु भन्दाअघि विभिन्न प्रकारका औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको जानकारी गर्नुभयो ।

उहाँले बजारमा अहिले धेरै प्रकारका विज्ञापनको आफूखुशी प्रयोग हुने र औषधि पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेकाे कुरामा जाेड दिनुभयाे। उहाँले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै सम्झौता गर्नु नहुने बताउनुभयो ।

उहाँले देश भित्रै औषधिको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu