Connect with us
Kapilvast Forest

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

एजेनसी- इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै गुजरात दोस्रो जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । गुजरातले त्यो लक्ष्य ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो ।

टस हारेर ब्याटिङ गरेको दिल्ली क्यापिटल्सलाई २९ रनमा पहिलो विकेट गुमाएको थियो । दिल्लीका ओपनर पृथ्वी शा ७, मिचेल मार्स ४, कप्तान डेभिड वार्नर ३७, अभिषेक पोरेल २०, सर्फराज खानले ३० र अक्षर पटेलले ३६ रन बनाए ।

गुजरात टाइटन्सका लागि मोहम्मद सामी र राशिद खानले ३–३ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सलाई २२ रन बनाउँदा पहिलो झटका लाग्यो । ऋद्धिमान शा तेस्रो ओभरमा १४ रन बनाएर आउट भए ।

शुभमन गिल १४, कप्तान हार्दिक पाण्ड्या ५, साई सुदर्शन ६२ र विजय शंकर २९ रन बनाए । दिल्लकिा एनरिच नोर्ट्जेले २ विकेट लिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu