Connect with us
Kapilvast Forest

तिलौराकोटदेखि लुम्बिनीसम्म म्याराथन

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

बुटवल- अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन –२०२३ को आयोजना हुने भएको छ ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट विहीबार विहान ७ बजे म्याराथन सुरु भई लुम्बिनीको शान्ति दीपमा आएर समापन हुने महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा विहीबार प्रतियोगिता हुन लागेको हो ।  

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रलाई निमन्त्रणासहित प्रतियोगिताको आयोजना गर्न लागिएको हाे ।

म्याराथनमा उत्कृष्ट १० औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको आयाेजकले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu