Connect with us
Kapilvast Forest

कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार

२०७९, २४ चैत्र शुक्रबारमा प्रकाशित

एजेन्सी- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ ।

गएराति भएको खेलमा केकेआरले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ८१ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । आरसीबीले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनायाे ।

टस हारेर पहिला व्याटिङ गरेको केकेआरका लागि ओपनर रहमानुल्लाह गुरबाजले ६ चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । शार्दुल ठाकुरले सिजनको सबैभन्दा छिटो २० बलमा अर्धशतक बनाए । शार्दुलले २९ बलमा ९ चौका र तीन छक्कासहित ६८ रन बनाए । रिंकु सिंहले ४६ रन बनाए । आरसीबीका लागि डेभिड विली र कर्ण शर्माले २–२ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा आरसीवीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । आरसीवीका विराट कोहली २१, फाफ डब्ल्यू सिस २३, ग्लेन म्याक्सवेल ५, माइकल ब्रेसवेल १९, डेभिल विली २० र आकाश दीपले १७ रन बनाए ।

कोलकाता नाइट राइडर्सका लागि वरुण चक्रवर्तीले चार, सुयश शर्माले तीन र सुनिल नारायणले दुई विकेट लिए । केकेआरले जारी आईपीएलमा पहिलो जित दर्ता गरेको हो भने आरसीबीको यो पहिलो हार हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu