Connect with us
Kapilvast Forest

हाेटल व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा भण्डारी निर्वाचित

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

बुटवल- होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष पदमा लेखनाथ भण्डारी निर्वाचित हनुभएकाे छ ।

भण्डारीले बावुराम गाैतमलाई ९८ बढी मत अन्तरले पराजित गर्नुभएको हाे ।

भण्डारीले ५ सय ५० मत प्राप्त गर्नुभयाे भने गाैतमले ४५२मत ल्याउनुभयाे ।

सघकाे वरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल, पर्यटन उपाध्यक्षमा राेमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई ,महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा माेहन बस्याल र सह काेषाध्यक्षमा माधव ढकाल निर्वाचित हुनुभयाे।

कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।त्यसैगरी सदस्यहरुमा भने एक जना सदस्य बाहेक १० सिट बावुराम गाैतम प्यानलले जितेको छ ।

संघकाे सदस्यमा धनकुमारी शर्मा, एक बहादुर गाहा मगर, केशवराज पाण्डे, एकदेव पाण्डे, कमला पाण्डे, दामाेदर पाैडेल, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डेय, यज्ञमुर्ति भण्डारी, सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ विजयी हुनुभयाे ।

२०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकाेमा १०७० जनाले मतदान गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu