Connect with us
Kapilvast Forest

काभ्रेली आलुको कपिलवस्तु यात्रा

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

काठमाडौ – काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्।

जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार (कोल्ड स्टोर) अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको कोल्ड स्टोरमा आलु भण्डारण गर्न थालेका हुन्।

किसान आफूले उब्जनी गरेको आलु भण्डारण गर्न ३३२ किलोमिटर टाढाको कोल्ड स्टोरको शरणमा जानुपर्ने बाध्यतामा छन्।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका कृषकले पाँचखालमा रहेका शीतभण्डारणमा राखेको आलुमा टुसा पलाउने, अत्यधिक गुलियो हुने र चाउरी पर्ने समस्या देखिएपछि कपिलवस्तुमा रहेको शीतभण्डारणमा लैजाने गरेका हुन्।

स्थानीय रामशरण दङ्गालका अनुसार कपिलवस्तुमा रहेको भण्डारणमा भने उत्पादनकै अवस्थाको स्वाद कायम हुने र अत्याधुनिक हुने भएपछि त्यति टाढासम्म आलु भण्डारणका लागि लैजाने बाध्यता देखिएको छ।

उहाँले काभ्रेपलाञ्चोक जिल्लामा रहेका शीतभण्डारणमा राख्ने खर्च र कपिलवस्तुमा लिएर जाँदा लाग्ने खर्चमा खासै फरक नपरेपछि यो वर्ष ४५ हजार किलो आलु भण्डारण गरिएको जानकारी दिनुभयो।

कपिलवस्तुमा प्रतिकिलो तीन रुपियाँ ५० पैसा ढुवानीमा आलु लैजाने गरिएको आजकाे गाेखरापत्रमा समाचार छ ।

काभ्रेकै कोल्ड स्टोरमा राख्दा प्रतिबोरा ३५० रुपियाँ शुल्क लाग्ने गरेको र कपिलवस्तुमा सोही बराबरै खर्च लाग्ने र गुणस्तर कायम हुने भएकाले परीक्षणका रूपमा यो वर्ष ४५ हजार किलो आलु भण्डारण गरिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu