Connect with us
Kapilvast Forest

नेप्से २८ अंकले ओरालाे, १ अर्ब १५ करोडको कारोबार

२०७९, २६ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा पुगेको छ।

आज २६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर १ अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भयो।

आज सबै उपसमूहको उपसूचक राताम्मे देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा उपसमूह १७९ दशमलव ९४ र निर्जीवन बीमा समूह १५३ दशमलव ३६ अंकले घटेको छ ।

बैंकिङ समूह १५.११,विकास बैंक समूह ६१ .५२,वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७ .९० अङ्कले घटेको छ ।

आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को सेयरमूल्य ७ .७५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको ५ करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको ५ करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu