Connect with us
Kapilvast Forest

जाडोमा मन्त्री श्रेष्ठको साथ, लोपोन्मुख हायु जातिलाई फाइबर सिरक

२०८०, १५ पुष आईतवारमा प्रकाशित

सिन्धुली – बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका लोपोन्मुख हायु जातिलाई फाइबर सिरक वितरण गर्नु भएको छ ।

मन्त्री श्रेष्ठले सिन्धुलीको सुनकोशि गाउँपालिका वडा नं.२ को हायुटोलमा बसोबास गर्दै आएका २३ घरधुरी लोपोन्मुख हायु जातिलाई न्यानो फाइबर सिरक दिनु भएको हो ।

मन्त्री श्रेष्ठले हायु जातिको दुःख, सुखमा बागमती प्रदेश सरकार साथमा रहेको भन्दै आगामी दिनमा हायु जातिको उत्थानका लागि शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी लगायतको पुर्वाधार निमार्णमा बागमती प्रदेश सरकारले लगानी गर्ने पनि बताउनुभयो ।

सुनकोशि गाउँपालिकाकी अध्यक्ष दिपा बाहोरा दाहाल समेतको उपस्थितिमा २३ घरधुरी परिवारलाई प्रति परिवार २ थानका दरले ४६ थान फाइबर सिरक वितरण गरिएको थियो । मन्त्री श्रेष्ठले सिरक वितरण आफ्नो र प्रदेश सरकारको सानो सुरुवातमात्रै भएको बताउँदै हायु परिवारमा न्यानो भित्राउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

गत साता पनि सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ को बस्तिपुरमा बसोबास गर्दै आएका ९३ घर परिवार र मरिण गाउँपालिका वडा नं. ७ को गैरीगाउँमा बसोबास गर्दै आएका ५१ घर परिवार थामी जातिलाई फाइबर सिरक वितरण गरिएको थियो ।

त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ गुँरासे, कोप्चेमा बसोबास गर्दै आएका लोपोन्मुख १२० घर हायु जातिलाई पनि फाइबर सिरक वितरण गरिएको थियो ।लोपोन्मुख हायु जाति, थामी जाति र पहरी लगायतका जातिलाई सिरक वितरण गर्ने कामले निरन्तरता पाउने मन्त्री श्रेष्ठले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu