Connect with us
Kapilvast Forest

राजातन्त्र फर्काउने कुरा फाल्तु बहस : अध्यक्ष ओली

२०८०, १६ पुष सोमबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको बताउनु भएको छ ।

४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले जन्मँदै शासक हुने सिद्धान्त पाखण्डी भएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा पनि २०५८ सालमा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गर्नुभयो ।त्यतिबेला उपयुक्त कदम नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन डमी राजतन्त्र चल्यो’ ओलीले भन्नुभयो , ‘त्यसले तमासा देखायो, अनि हटाउनुपर्‍यो । संविधानसभाले निर्णय गर्‍यो ।’

एकथरी मान्छेहरुले राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गरेको भन्दै कस्तो राजा ल्याउन खोजेको, तानाशाह राजा बनाउन खोजेको भन्दा पनि होइन भन्ने अनि ‘सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त ? अनि के गर्छ त त्यो राजाले चाहिं ?’

उहाँले भन्नुभयो ‘कुनै प्रोगेसिभ कुरा बाइमिस्टेक गएको भए फर्काउँथ्यौं होला, तर त्यो त अढाइ सय वर्षसम्म जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ ? राजनीतिक, दार्शनिक सैद्धान्तिक, वैचारिक कुनै पनि हिसाबले हुँदैन ।’राजातन्त्र फर्काउने बहस नै फाल्तु भएको ओलीले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu