Connect with us
Kapilvast Forest

सरप्राइज सत्ता परिर्वतन, नयाँ मन्त्रीको शपथ तयारी

२०८०, २१ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- काँग्रेससंगको समिकरणमा दरार आएपछि सत्ता गठबन्धन भत्किएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

गठबन्धन भत्किएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको आजै चार सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको छ ।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा( बाट एकरएक जना मन्त्री बन्दैछन् ।एमाले र माओवादीबिच गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरणमा सहमती भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu