Connect with us
Kapilvast Forest

कांग्रेस संसदीय दलको निष्कर्ष : प्रचण्डले राजनीतिक बेइमानी गरे

२०८०, २४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौँ — नेपिाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

बिहीबार संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गर्दै दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।

गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ । गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरुप नै अघि बढिरहेका थियौँ । तर प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो । त्यो राजनीतिक बेइमानी हो । लेखकले भने।

प्रमुख सचेतक लेखकले कांग्रेस संसद्को ठूलो पार्टी भएकाले विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्नु स्वाभाविक भएको भन्दै कांग्रेस अहिले समीकरण बदल्नभन्दा पनि रचनात्मक प्रतिपक्ष रहने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu