बुटवल ३ का वडाध्यक्ष बस्यालको शौचालय जाने क्रममा लडेर मृत्यु
बुटवल -शौचालय जाने क्रममा लडेर बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । उहाँ सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते हुनु भएको थियो ।
लडेर अचेत अवस्थामा पुग्नु भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्याइसक्दा मृत्यु भएको भन्दै अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।
७३ वर्षीय बस्याल क्यान्सरका रोगी रहेको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिनु भयो ।