Connect with us
Kapilvast Forest

बुद्धभूमीमा अत्यावश्यक खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-
सामान्य अवस्था वा कोभिड महामारीःबाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मुल नारा बोक्दै बाल दिवसको अवसरमा बुद्धभूमी नगरपालिका वडा नम्बर ३ मा किर्डाक नेपालले खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बुद्धभूमी नगरपालिका वडा नम्बर ३ वडा कार्यालयको समन्वयमा बुद्धभूमी ३ नम्बर वडा अन्तर स्वाबलम्बन समुहका आर्थिक हिसाबले पछि परेको तथा कोरोनाले प्रभावित ९ जना र ४ वडाका १४ जना र ९ वडा का १३ गरी ३६ जनालाई खाद्यान्ह सामग्री र शैक्षिक सामग्री वितरण गरेको हो । साहि अवसरमा हिडडुल गर्न नसक्ने दुइ जनालाइ एक एर्क ह्वील चेअर प्रदान गरिएको छ।


साहि अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बुद्धभूमी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष गोविन्द्र प्रसाद आचार्यले
कोरोनाको कहरले संकट निम्ताएको समयमा बालबालिकाको गुणस्तरीय शिक्षा अभिवृद्धि गराउने र जोखिममा रहेका बालबालिकाका परिवारलाई मद्दत पुग्ने बताउनु भयो । वडा कार्यालयले पनि आगामी दिनमा यस्ता कार्यक्रमहरु संचालन गर्ने र यस्ता कार्यक्रममा वडा सधै तत्पर रहेको जानकारी गराउनु भयो ।

 

किर्डाक नेपालको आयोजना सम्पन्न कार्यक्रम किर्डाक नेपाल सामुदायिक विकास अधिकृत
अमर बहादुर विकको अध्यक्षता रहेको कार्यक्रमको संचालन किर्डाक नेपालका राजेश चौधरीले गर्नु भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu