Connect with us
Kapilvast Forest

दाङमा एकीकृत समाजवादी पहिलो शक्ति बन्छ: सासंद हिराचन्द्र

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

दाङ -दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सासंद हिराचन्द्र केसीले एकीकृत समाजवादी पार्टी दाङमा पहिलो शक्ति वन्ने बताएका छन । पछिल्लो समय नेपालका अधिकाशं जिल्ला लगायत दाङ जिल्लामा पनि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले ५ वर्षमा दाङमा आफ्नो पार्टी पहिलो शक्ति हुने दावी गरे ।

शुक्रबार दाङ तुल्सिपुरमा भएको पार्टीको जिल्ला भेलामा वोल्दै केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह(ईन्चार्ज रहेका केसीले नेपालका कम्युनिस्ट पार्टीहरुको नेतृत्व समेत नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले गर्ने वताए ।

एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर वनेको पार्टी भन्ने हल्ला र केपी वलीले एमालेवाट चोईटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण पार्टी भएको वताए ।

अहिले सुर्य चिन्ह पाएको केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेको उनको भनाई थियो ।

हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखि नेपाली समृद्ध नेपाल वनाउछौ भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अवपनि भोट दिनुस ३ वर्षमा संसद विघटन गर्छौं भनेर भोट माग्दै निर्वाचनमा जान्छन् त उनको प्रश्न थियो ।

यात्रा समृद्धिको लक्ष्य समाजवादको मुल नारा लिएको पार्टीको जिल्ला भेला तुल्सीपुर उद्योग वाणिज्य सघंको सभाहलमा सम्पन्न भएको हो ।

भेलालाई पार्टीका केन्द्रीय उपमहासचिव डाक्टर विजय पौडेल,सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासि, पोलिटब्युरो सदस्य मेटमणि चौधरी केन्द्रीय सदस्य जोगवहादुर राना,हिराचन्द्र केसी,अनारकलि मिया लगायतका करिब १ दर्जन नेताहरुले सम्वोधन गरेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu