Connect with us
Kapilvast Forest

यौन सम्पर्क गर्न नमानेको पछि कपिलवस्तुमा देवरले गरे भाउजुको हत्या

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु- यौनजन्य क्रियाकलापमा असहमत जनाएपछि कपिलवस्तुमा ६० वर्षीया वृद्धको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा देवरलाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाको देवर वर्ष ४० बर्षीय शम्भु लोनियाले माघ १० गते राति हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि पत्नी माइती गएको दिन हत्या गरिएको प्रहरीले जनाएको छ । पत्नी नभएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेको थिए ।

भाउजु देवर बिच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्विकार गरेको भण्डारीले बताउनु भयो । घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय के–नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu