Connect with us
Kapilvast Forest

आईपीएलमा गुजरातको विजयी यात्रा जारी, बेङ्ग्लाेर ६ विकेटले पराजित

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई हराएको छ ।

मम्बईमा भएको खेलमा टाइटन्सले ६ विकेटले हरायो । बेङ्ग्लाेरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । उसका लागि राहुल तेवातियाले नटआउट ४३ र डेभिड मिलरले नटआउट ३९ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए । जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ । १० खेलमा १० अङ्क जोडेको बेङ्ग्लाेर पाँचौँ स्थानमा छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu