Connect with us
Kapilvast Forest

बैंकिङ कसूरमा ११ लाख जरिवाना तोकिएका अभियुक्त महाराजगञ्जबाट पक्राउ

२०७९, २७ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं – प्रहरीको उपत्‍यका अनुसन्धान कार्यालयले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई महाराजगञ्‍जबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ घर भई हाल महाराजगञ्‍ज बस्‍ने ५६ वर्षीय अनिल मोक्तान रहेका छन् ।

 

उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई ७ दिन कैद र ११ लाख पचास हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।उनले पीडितहरु विदुर पौडेल, प्रदीप बास्कोटा, दिपबहादुर अधिकारी र बालकृष्ण थापा मगरलाई आफ्नो खातामा पर्याप्त रकम नहुँदाहुँदै जानी जानी झुक्‍यानमा पारेको प्रहरीको दाबी छ ।पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu