Connect with us
Kapilvast Forest

शिवराजका स्वास्थ्य संस्था प्रमुखलाई मनाेसामाजिक तालिम

२०७९, १७ असार शुक्रबारमा प्रकाशित

कपिलवस्तु – शिवराज नगरपालिकाले स्वास्थ्य संस्था प्रमुखलाई मानसिक स्वास्थ्य तथा मनाेसामाजिक सहयाेग तालिम आज एक कार्यक्रम विच समापन गरेकाे छ ।
आजकाे समयमा युवाहरू कुलतमा लाग्ने बढदाे दर रहेकाे छ । जसले गर्दा मनाेसामाजिक समस्याबाट युवाहरू गुजरिनुपर्ने बाध्यता यस तालिम पश्चचात हटेर जाने नगर प्रमुख अजय थापाले बताउनुभयाे । ५ दिनकाे प्राविधिक ज्ञानले स्वास्थ्य संस्था प्रमुखहरूले शारीरिक समस्या संगै मनाेसामाजिक समस्याहरूकाे पहिचान गर्न सक्ने दक्षता बढ्ने बिश्वास नगर प्रमुख थापाले ब्यक्त गर्नुभयाे ।
स्वास्थ्य चाैकिहरूमा विरामिहरूले मनाेसामाजिक समस्याहरू लिएर आयता पनि शारिरीक समस्यालाई मात्र सम्बाेधन गर्ने जटिलता हटेर जान याे तालिमले महत्वपुर्ण भुमिका खेल्ने तालिम सहजकर्ता बरिष्ट मनाेविद बिनाेद पाैडेलले बताउनुभयाे ।

मनाेसामाजिक समस्याकाे पहिचान, प्राथमिक सहयाेग, जटिल प्रकारका समस्या र रिफर गर्ने विषय वस्तु संगै आत्महत्या न्युनिकरणमा स्वास्थ्य कर्मिकाे भुमिका लगायतका तालिममा विषयवस्तुहरू रहेकाे सहजकर्ता बरिष्ट मनाेविद पाैडेलले बताउनुभयाे ।
मनाेसामाजिक सहयाेग तालिम स्वास्थ्य कर्मिहरूका लागि अति नै आवश्यक रहेकाे सहभागिहरूकाे तर्फबाट बिष्णु क्षेत्रिले बताउनुभयाे । शिवराज नगरपालिकाले १४ जना स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्य कर्मिहरूलाई तालिम प्रदान गरिएकाे हाे ।

बरिष्ट मनाेविद विनाेद पाैडेल र परामर्श मनाेविद दिपक पाेख्रेलले सहजिकरण गर्नुभएकाे ५ दिने तालिमकाे समापन कार्यक्रम संचालन शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई गर्नुभएकाे थियाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu