Connect with us
Kapilvast Forest

बिमित केसीका परिवारलाई दश लाखको चेक हस्तान्तरण

२०७९, २० माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका ४ बस्ने सुरक्षा केसीलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले १० लाख ७ हजार ५ सयको चेक हस्तान्तरण गरेको छ । केसीका श्रीमान् बिमित जित बहादुर केसीको गत मङ्सिर ८ गते निधन भएको थियो ।

केसी निवासमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसी र चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलले बिमा दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले बिमा जीवनमा अपरिहार्य रहेको बताउनु भयो । मृत्यु पश्यात परिवारको आर्थिक अवस्थामा सहजता आउने तथा जीवित भएमा निश्चित समयपछि दोब्बर रकम प्राप्त हुने भएकोले बिमा आवश्यक रहेको बताउनु भयो ।

बिमा प्रति कतिपयले गलत सूचना प्रवाह गरे पनि बिमा ऐन नियममा रहेर नागरिकहरूलाई सेवा प्रदान गरेको बताउनुभयो । जित बहादुर केसीको मृत्युले स्तब्ध भएको भन्दै बिमा बाट प्राप्त भएको रकमलाई जिविको पर्जन तथा उत्पादन क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

सूर्य ज्योति लाइफ इन्सुरेन्स चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलले विना झन्झट सहज रुपम बिमा दाबी भुक्तानी गरेको बताउनुभयो । घातक रोगहरूको उपचारको लागि उत्कृष्ट सुविधा प्रदान गर्ने पहिलो बिमा कम्पनी रहेको बताउनुभयो । मृतक कि श्रीमती सुरक्षा केसीले सहज रूपमा बिमा बापतको रकम पाएको बताउनुभयो ।

समयमै भुक्तानी दिने भएकोले यस क्षेत्रकै लोकप्रिय बिमा कम्पनिको रुपमा सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई मान्ने गरिन्छ ।कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैकका प्रमुख नारायण प्रसाद पन्थी,एजेन्सी म्यानेजर केशर महतराको सहभागिता र सूर्य ज्योति लाइफ इन्सुरेन्स सेल्स एजुकेटिभ दीपेन्द्र खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu