Connect with us
Kapilvast Forest

राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्दै माओवादी

२०८०, १७ श्रावण बुधबारमा प्रकाशित

काठमाडौ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दै छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा हुने बताइएको छ ।

बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन् ।

माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि धारणा राख्ने गरी कार्यक्रम तय भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu